काठमाडौँ — ४० वर्षपछि सप्तकोशी पुरानै वहावमाफर्किएसँगै उदयपुर लगायतआसपासकाकाजिल्लाकाबासिन्दाको उठिबास लागेको छ । बुधबार बिहानदेखिनदीले कटान गरि बस्तीमा पानीपसेपछि स्थानीयहरु लत्ता,कपडासहित सुरक्षित स्थानतर्फ लागेका छन् ।
पछिल्लो केहीदिनदेखि निरन्तर परिरहेको वर्षाका कारण देशैभर ठूलो क्षतीपुगेको छ ।
अविरल वर्षाकै कारण सप्तोकोशीको बाँध फुटेर उदयपुरको बेलकानगरपालिका वडा नम्बर १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाका ६, ९ र सप्तरीको केही क्षेत्र डुबानमा परेको छ । ४० वर्षपछि कोशी पुरानै वहावमाफर्किएसँगै बेलका–८ का मात्रै २ हजार घरपरिवार विस्थापितभएका छन् ।
नदीको बहावहले ५० मिटर जमिन कटान गरि बस्तीमा पस्दा स्थानीयहरुको जनजीवननिकै प्रभावित बनेको छ । २० हजार मानिसको बसोबास रहेको प्रभावित क्षेत्रमा ९ सय घरपरिवारलाई प्रहरीको सहयोगमा सुरक्षित स्थानतर्फ सारिएको छ । अझै पनि बराहक्षेत्रनगरपालिकाका ५ सय घर परिवारका २ हजार ५ सय जनाश्रीलंका टापुमै फसेका छन् । गृहमन्त्रालयले विस्थापितलाई तत्काल उद्धार गर्न भन्दै जिल्लाप्रशासनकार्यालयलाई निर्देशन नै दिएको छ भने स्थानीयहरु पनिआफ्नो लत्ता कपडा लिएर सुरक्षितगन्तव्यतिर लागेका छन् ।
नेपालमा बाढी पहिरोको जोखिमप्रत्येक वर्षको हुने गर्छ । तर पनि सरकारले यसको पूर्व तयारी गरेको कहिल्यै देखिदैँन । बाढी–पहिरो गईसकेपछि तत्काल उद्धार गर्न निर्देशनदिन र राहतभन्दै केही सामाग्रीवितरण गर्ने बाहेक सरकारको अन्यकुनै कामभएको देखिदैँन ।
मंगलबार पनिम्याग्दीमापहिरोका कारण एकै परिवारका पाँच सदस्यले ज्यानगुमाउनु पर्याे । मालिकागाउँपालिका–२ रुममापहिरोले २ वटा घर र एकवटा गोठ बगाउँदा एकै परिवारका श्रीमान्, श्रीमती, दुई जना छोरा र एक जना छोरीको मृत्यु भएको हो । सो घटनामादुई जनागम्भीर घाईते भएकाथिए ।
यस्तै सोमबार चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डमा पर्ने केराबारीमा वर्षा सहितपहिरो खस्दा पनिदुई दिन सम्म सडक अवरोध हुनपुग्यो । सप्तकोशीले बुधबार कटान गरेको डुम्रीबोटमा गतवर्षदेखि नै कटान सुरु गर्नथालिसकेको थियो ।
हालका परराष्ट्र मन्त्री डा.नारायण खड्काको गृह जिल्लाभएको उदयपुरका स्थानीयले जिल्लाका सांसदहरुलाई पटक पटकयसबारे जानकारी गराएपनि बेवास्ता गरेको आरोप लगाएका छन् । बारम्बार सम्बन्धितनिकयलाई जानकारी गराउँदापनि साउने भेल गाउँमानपसेसम्मनतात्ने र जनताको उठिबास नलागेसम्ममौन रहने कारण यस्ता समस्या नेपालले वर्षेनीभोग्दै आइरहनु परेको छ ।


प्रतिक्रिया