काठमाडौँ — विध्वंशकारी राजनीतिक बाटोलाई त्यागेर शान्तिपूर्ण कदमचालिरहेका विप्लवहरुलाई सरकारले पक्राउपुर्जी जारी ग¥यो । जसको प्रतिवादकालागिविप्लवहरुसमेत तयार देखिन्छन् । यसले कतै फेरि अशान्ति फैलाउने सरकार नै उद्दत बनेको त होइन् ?भन्ने प्रश्नउब्जीएको छ ।
तत्कालिन सरकारको नेतृत्व गरेका केपीशर्मा ओलीले जब २०७७ को फागुन २१ मा नेत्रविक्रमचन्दविप्लवको हात उठाएरराष्ट्रिय सभा गृहको सभाहलमादर्शन गराए, तब हिंसाको राजनीतिगर्नेहरु सकिएभन्ने विश्लेषण भयो । किनकिदुईबर्षदेखि भूमिगत शैलीमै हत्याहिंसा र बमबारुद्ध पड्काउँदै आएको विप्लवनेतृत्वको नेकपाशान्तिपूर्ण कदम चाल्छु भन्दै मुलधारको राजनीतिमाआएकोथियो ।
सोही प्रणअनुसार नै विप्लवले त्यसयताको डेढ बर्ष सामान्य राजनीतिकगतिविधिमै विताएका छन् । तर विप्लवलाई हेर्ने सरकारको नजर फेरिएको छ, हिंसाको राजनीति त्याग गर्दै बरु निर्वाचन जस्तो लोकतान्त्रिकविधिलाई स्वीकार्छु भन्ने तहमापुगेका विप्लवहरुलाई जिस्काएरअराजकतानिम्त्याउने तर्फ सरकार अघि बढेको छ ।
त्यतिबेलाओलीले तीनबुँदे सहमतिगर्दै विप्लवहरुलाई मुलधारको राजनीतिमाल्याएकाथिए । जुनआफ्नोकार्यकालको सबैभन्दा ठूलो उपलब्धी रहेको अर्थमाओलीले लामै ब्याख्यासमेत गर्ने गरेका छन् । सहमतिअनुसार पार्टीमाथिलगाइएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता–कार्यकर्ता रिहागर्ने र सम्पूर्ण मुद्दा खारेज हुने भनिएको थियो ।
तर त्यसयता सहमतिकार्यान्वयनमातत्कालिन सरकार र अहिलेको गठबन्धन सरकार समेत अग्रसर देखिएन ।बरु विप्लव, प्रकाण्ड र धर्मेन्द्र बास्तोलासहितकादजनौं बढी नेताहरुविरुद्ध पक्राउपुर्जी जारी भएपछि उनीहरु आक्रोशित बनेका छन् । सरकारले अशान्ति फैलाउने कदमचालेको भन्दै हातमादहीजमाएर नबस्ने विप्लवको जस्तै चेतावनीबास्तोलाको पनि छ ।
स्थानीयतहको निर्वाचनमाविप्लवले चुनावीप्रक्रियामा सामेल हुने एजेन्डा अघि सारेपछि त्यसबाट असन्तुष्ट बनेको समूहले धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा नेकपाबहुमतबनाएको छ । तर पक्राउपुर्जीले उनीहरुलाई एक ठाउँमा ल्याउने देखिन्छ ।फेरि पक्राउ पर्ने डरकै कारण झन हिंसातिर फर्किए त्यसको जिम्मेवारी कसले लिने भन्ने गम्भीर प्रश्नपनि छ ।र यसैबेला सरकारले यस्तो कदमकिनचाल्यो विभिन्न कोणबाट आशंकागरिएको छ ।
आगामीपाँचमहिनाभित्र सम्भवतःआमनिर्वाचनहुने तयारी चलिरहेका बेला सरकारले विप्लवलाई पुरानै धारमाबगाउनखोजेपछि यसको असर निर्वाचनमा पर्न सक्छ ।सरकारसँग द्धन्द्ध भईविप्लवहरु फेरि बाहिरै बसेर बमबारुद्ध पड्काउनथाले जनतामा डर पैदा हुनेछ । त्यसबाटहुने असहजवातावरणमा सरकारवादीले सहजफाइदालिनसक्छन् ।
कुनै न कुनै शक्तिलाईबाहिर राखेर द्ध्रन्द्ध चलाइरहनआन्तरिक मात्रै हो कि बाह्य शक्तिसमेत क्रियाशिल छ, यसतर्फ पनिध्यानतानिएको छ । किनकिविप्लवले सामान्य राजनीतिकगतिविधिचलाउँदाउस्तै विध्वशंकारी सीके राउत सन्यासीतर्फ मोडिएका छन् ।
अनेक फरक मत रहेपनियहीव्यवस्थाको विकल्पनभएको निष्कर्ष निकाल्ने चरण उनीहरु पुग्दा सरकारवादीहरु भने डर देखाएर राजनीतिक अभिष्ट पूर्तिको बाटोमा अराजकता फैलाउनखोजिरहेका छन् ।


प्रतिक्रिया