Breaking

देउवा एकातिर मन्त्री अर्कोतिर,सरकार बदनाम बनाउँदै देउवाकै लामो हात मन्त्री र सचिवलाई कस्तो निर्देशन


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जनहित र जनआकांक्षा पुरा हुने गरि काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । तर देउवा सरकारका मन्त्रीको कामकारबाही हेर्दा कुनै सन्तुष्ट हुने अवस्था देखिएको छैन । मंगलबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएर मन्त्री र सचिवहरुलाई निर्देशन दिए ।

उता जनताको मन बुझेर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिँदै थिए, यता जनताको सेवक बनेर काम गर्छु भन्दै सरकारी जागिरे बनेका एक उपसचिव २२ लाख घुससहित पक्राउ परेका थिए । यो एक दृश्यले अहिलेको सुशासन र उपलब्धी चित्रण गरेको छ । सरकारलाई गलत बाटोमा डो¥याउन प्रधानमन्त्रीकै लामो हात रहेको चर्चा चलिरहँदा त्यही हातको औलो ठड्याएर दिएको निर्देशन अब मन्त्री र सचिवले कति पालना गर्छन् ?जुन हेर्नुभन्दा पहिले नै मूल्यांकन गर्न सकिन्छ ।

प्रधानमन्त्री देउवाले बजेटको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिँदै गर्दा अर्थमन्त्रालय बद्मासी गरेर बद्नामकोबाटोमा छ । अर्थमन्त्री जनार्दन शर्माको कार्यशैली र यसको ढाकछोपले सिधैं प्रधानमन्त्रीमाथि प्रश्न उठ्ने गरेको छ ।त्यस्तै पुनर्बहाली भएर फेरि अर्थमा फर्किएका शर्मालाई कर्मचारीकै साथ मिल्नेमा आशंका छ । किनकि शर्मा पुनर्बहाली भएकै दिनदेखि अर्थसचिव विदामा बेपत्ता भएका छन् ।

परराष्ट्र नीतिका विषयमास्पष्ट हुनु पर्ने परराष्ट्रमन्त्रालय अक्क न बक्क बनिरहँदा एसपीपी जस्ता विषयमा सरकार आलोचित छ । मन्त्री कहाँ पुगेर चिया बाड्दैछन् देउवाबाहेक अरुलाई थाहा छैन । कर्मचारी सरुवाकै विषयमा लाखौं लेनदेन भएको भइरहेको विषयसमेत सतहमा छन् । काठमाडौंका चोक चोक र गल्लीहरुमा फोहोरको डुंगुर थुप्रिएको छ । विभागिय मन्त्रालयका मन्त्री मेटमणि चौधरी मन्त्रीको सफेद दौरा पहिरिएको ३० दिन पुग्यो भन्दै पत्रकारको खोजीमा हिडिरहेका छन् ।

देउवा सरकारको एक बर्ष नपुग्दै मन्त्रीहरुका विवादित श्रृखंलाले सताब्दी हानेको छ ।तर पनि गठबन्धन बचाउने र फेरि प्रधानमन्त्री हुने नाममा देउवा चुप छन् । सिंहरदरबारको मन्त्रालयमा खोज्दा मन्त्रीहरु भेटिँदैनन् । सरकारी निवास बालुवाटारलाई कार्यालय जस्तो बनाएका देउवा सिंहदरबार नगई कार्यसम्पादन गर्छन । सचिवहरुले भेट्न समय नपाउँदा सरकारका काम यसै लथालिङग छन् । साथै सरकारले गरेका हरेक निर्णय विवादित र आलोचित बन्ने गरेका छन् ।

मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै निर्वाचनलाई समेत ध्यानमा राखेर काम गर्न सबै मन्त्रीहरुलाई देउवाले सचेत गराएका छन् ।आफ्ना मन्त्री र सचिवहरुलाई कानुनबमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारीसाधनको सुविधा र इन्धन नदिन पनि निर्देशन दिएका छन् । जुन दुधको साँची विरोलो जस्तो भएको छ ।