विदेश

अभिनेत्री आलिया भट्टको गुनासो, रणबीरले मेरो खुट्टा मालिस गर्दैनन्


काठमाडौँ — बलिउड अभिनेत्री आलिया भट्ट हाल गर्भवती छिन् । हालै एक अन्तरवार्तामा आलियालाई रणबीर कपुरले गर्भावस्थामा उनलाई कसरी हेरविचार गरिरहेका छन् भनेर प्रश्न सोधिएको थियो । उनले यसको जवाफमा रणबीरले आफूलाई विशेष महसुस गराउनका लागि धेरै कुरा गर्ने तर खुट्टा भने मसाज नगर्ने बताएकी छिन् । रणबीरले आलियालाई विशेष ध्यान दिइरहेका छन्

कुराकानीको क्रममा आलिया भन्छिन्, ‘उनले सधैँ मेरो राम्रो तरिकाले ध्यान राख्छन् तर आजकाल विशेष तरिकाले हेरविचार गरिरहेका छन् । तपाईंले ‘रणबीरले खुट्टा मालिस गर्छन् त ? भनेर सोध्न चाहनुहुन्छ भने उनले यस्तो गर्दै गर्दैनन् । तर उनले मलाई विशेष महसुस गराउनका लागि धेरै कुरा भने गर्छन् । एजेन्सी