काठमाडौँ — श्रीलङ्काका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुला हुने भएका छन् ।
शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मङ्गलबार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो ।
अहिले भने सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबारको बिदा कायमै राख्नु औचित्यपूर्ण नहुने निष्कर्ष सहित शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।
त्यसैगरी व्यावसायिक प्रतिष्ठान तथा बजार पनि बेलुका चाडै बन्द गर्नु पर्ने व्यवस्था गरिएको थियो ।मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले आगामी शुक्रबारदेखि नै यो निर्णय कार्यान्वयन हुने बताए।
श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि इन्धन खरिद गर्न नसकेर देशभरी इन्धन अभाव भएको थियो ।
इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।


प्रतिक्रिया