काठमाडौँ — काठमाडौं उपत्यकामा विगत दुई सातादेखि फोहोर उठ्न सकेको छैन् । नागरिकले घरको फोहोर सडकमा थुपार्न थालेपछि संघीय राजधानीको सडक दुगन्धमय बनेको छ ।
काठमाडौं उपत्यकामा विगत दुई सातादेखि फोहोर उठेको छैन् । फोहोर उठाउने विषयमा महानगर प्रमुख देखि शहरी विकास मन्त्रीसम्मले आ आफ्नो योजना तयार पारेपनि समस्या जहाँको त्यही छ ।
काठमाडौँ उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके भोलीको दिनमा यो समस्या विकराल बन्ने निश्चित छ । राजनितिक दाउपेचको कारणले पनि महानगरको फोहोरको समस्या झनै गिजोलिदै गएको छ । उपत्यकाको फोहोरले यहाँका बासिन्दाको स्वास्थ्यमा गन्धीर प्रकृतिको समस्या निम्त्यिाउने देखिन्छ । समयमा फोहोर नउठदा काठमाडौं उपत्यकामा संक्रमणजन्य रोग फैलन खतरा पनि उत्तिकै छ । साथै सडकमा भएको फोहोरबाट आउने गन्धले ब्यापारमा पनि घाटा भएको ब्यापारीहरुको गुनासो छ ।
काठमाडौं उपत्यकाको सौन्दर्यतामाथि नै प्रश्न उठ्नेगरी थुप्रिएको फोहोरबारे सरकार र राजनीतिक दलहरु पनि मौन देखिन्छन् । जनताले भोग्नुपरेको समस्यामा सरोकारवाला निकाय सचेत देखिँदैन । फोहोरको समस्या काठमाडौमा आज मात्र आएको भने होइन् । यो समस्या त हिजो पनि यस्तै थियो । भोलिको दिनमा पनि यस्तै नरहला भन्न सकिदैन् । फोहोरको समस्यालाई राजनीतिक दलहरुले चुनावी एजेण्डाको रुपमा समावेश गर्ने तर समाधान भने कहिल्यै नगर्ने प्रवृद्धिले कालान्तरसम्म निरन्तरता पाउने जोखिम पनि उत्तिकै छ ।
केही दिनदेखि काठमाडौमा फोहोर नउठदा सडकमा फेरी कुरुपता देखिन थालेको छ । सडकमा भएको फोहोर सिसडोल लैजानुपर्ने हो । तर सडक मर्मातको काम भइरहेकोले काठमाडौंको फोहोर उठ्न नसकेको हो । भदौ एक गतेबाट सिसडोलबासीले फोहोर फाल्न नदिने उद्घोष गरेकोले तत्काल उपत्यकाको फोहोरको समस्याले समाधान पाउने देखिँदैन ।


प्रतिक्रिया