Breaking

मुग्लिन–नारायणगढ सडक १७ घण्टादेखि बन्द


काठमाडौँ — पहिरोका कारण गए राति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड अझै खुलेको छैन । पहिरो पन्छाउने काम भइरहे पनि आज बेलुकीअघि सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् ।

भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारी र मुग्लिन नजिक घोप्टेखोलाको पहिरो पन्छाउन बाँकी रहेको डीएसपी अधिकारीले बताए । गए रातिदेखि नै सडक बन्द भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । रातिदेखि नै रोकिएका यात्रुहरू भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् ।