देश

सपथग्रहणको पालना नगरे कारबाही हुने कानुनी व्यवस्था गर्न सरकारसँग रावलको माग


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् सांसद डा. भीमबहादुर रावलले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सपथग्रहणको पालना नगरे कारबाही हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा ‘सपथसम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले सपथ ग्रहण गरेका व्यक्तिहरुले संविधान, कानुन, मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डताको खुलेआम उल्लंघन गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरुलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।