विदेश

अभिनेता सलमान खानले पाए हतियारको लाइसेन्स


काठमाडौँ — भारतीय अभिनेता सलमान खानले आत्मसुरक्षाका लागि आवेदन दिएपछि उनलाई हतियारको लाइसेन्स दिइएको छ । गायक सिद्धु मूसवालाको गोली हानी हत्या भएको केही दिनपछि अभिनेता र उनका बुबालाई ज्यान मार्ने धम्की आएको थियो ।

भारतीय हतियार नियम २०१६ अनुसार कुनै पनि व्यक्ति धनी वा अन्य कुनै खतराका कारण आफ्नो ज्यान जोखिममा परेको आशंकामा बन्दुकको लाइसेन्सका लागि निवेदन दिन सकिन्ने छ ।