काठमाडौँ — अल कायदाका नेता अयमन अल जवाहिरी अमेरिकाको ड्रोन आक्रमणमा मारिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अफगानिस्तानको राजधानी सहर काबुलमा गरिएको आक्रमणमा उनको मृत्यु भएको बताएका हुन् ।
जवाहिरीले गरेको अमेरिकी नागरिकको हत्या र हिंसाको सजाय उनलाई दिइएको बताएका छन् । अमेरिकाको गुप्तचर एजेन्सी सीआईएले गरेको आतंकवादविरोधी अभियानको क्रममा जवाहिरी मारिएका हुन् ।
अधिकारीहरुले दिएको जानकारीअनुसार जवाहिरी एक सुरक्षित घरको बाल्कोनीमा बासिरहेको अवस्थामा ड्रोनबाट उनलाई मिसाइल प्रहार गरिएको हो । घरमा अन्य सदस्यहरु भए पनि उनीहरु सुरक्षित रहेको उनीहरुको भनाइ छ ।
बाइडेनले ७१ वर्षीय अल कायदाका नेतालाई मार्न स्पष्ट आक्रमणको लागि आफूले आदेश दिएको उल्लेख गरेका छन् । सन् २०११ मा अल कायदाका नेता ओसामा बिन लादेन मारिएसँगै जवाहिरीले अल कायदाको नेतृत्व लिँदै आएका थिए ।
जवाहिरी र बिन लादेन दुवै मिलेर अमेरिकाको ९/११ आक्रमणको योजना बनाएका थिए । उनी अमेरिकाको मस्ट वान्टेड आतंकवादीको सूचीमा थिए ।


प्रतिक्रिया