Breaking

रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका तयार


काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् ।

आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ । तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ’, बाइडेनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत सो कुरा बताएका हुन् ।

‘रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्छ’, उनले भने । उनले चीनले पनि त्यस्तै गर्नुपर्ने धारणा राखेका हुन् ।

‘चीनसँग एनपीटी आणविक हतियार राष्ट्र र पी–५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ। हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा छैन’, राष्ट्रपति बाइडेनले भने ।