काठमाडौँ — काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन्।
उनका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत फेला परेका हुन्। अहिले प्रहरी महाशाखाको टोली घटनास्थलमा लागेको छ।


प्रतिक्रिया