Breaking

महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा एमालेले जनप्रदर्शन गर्दै


काठमाडौँ — महँगी र भ्रष्टाचारविरुद्ध आज नेकपा एमालेले काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले नागरिक ठूलो मारमा परे पनि महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्न लागेको बताउनुभयो । उहाँले जनप्रदर्शनलाई व्यवस्थित र सङ्गठित शक्तिलाई परिचालन गर्न निर्देशन दिनुभएको छ ।