Breaking

राजस्व सचिवले अर्थमन्त्री शर्मालाई गरे स्वागत, मधु मरासिनी भने अनुपस्थित


काठमाडौं — आइतबार अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन् ।

राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यन्वयनका लागि आएको र मन्त्रालयले उनलाई सहयोग गर्ने बताए ।बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।