काठमाडौँ — प्रधानमन्त्रीपत्नी आरजु देउवा तीन साता लामो भारत बसाइपछि आइतबार स्वदेश फर्किएकी छन्। नयाँदिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले आरजु उपचारपछि आइतवार स्वदेश फर्किएको बताएका छन्। उनले ट्विटरमार्फत आरजुको स्वदेश फिर्तीको पुष्टि गरेका हुन्। दिल्लीमा प्रधानमन्त्रीपत्नी भारतमा रहँदा उनलले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन्। उनले अन्य उच्च राजनीतिक भेट गरेको बताइए पनि औपचारिक जानकारी आएको छैन।
भारत बसाइकै क्रममा उनको साउन ८ गते पाठेघरको शल्यक्रिया गिएको थियो। यसअघि भाजपाकै निम्तोमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उनले नेपाली दूतावासमा भेट गरेकी थिइन्। देउवाको भारत भ्रमणअघि पत्नी आरजुले भेटिन् भाजपा विदेश विभाग प्रमुख आरजु गत असार २७ गते नयाँदिल्ली गएकी थिइन्। उनी स्वास्थ्य उपचारका लागि भन्दै दिल्ली पुगेकी थिइन्। आरजु त्यसअघि गत जेठ २८ गते नयाँ दिल्ली पुगेकी थिइन्। नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उनले स्वास्थ्य उपचार गराएपछि त्यसबेला उनले केही भाजपा नेतासँग पनि भेटेकी थिइन्।


प्रतिक्रिया