Breaking

न्यान्सी पेलोसी एशियाली मुलुकको भ्रमणमा निस्कने,चिनको विरोधपछि ताइवान उनको भ्रमण सूचीमा परेन


काठमाडौँ — अमेरिकी सभामुख न्यान्सी पेलोसी यसै साता चार एशियाली मुलुकको भ्रमणमा निस्कने भएकी छन्। यद्यपि पछिल्लो समय विश्व समुदायको ध्यान तानिरहेको ताइवान भने उनको भ्रमणको सूचीमा परेको छैन। पेलोसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो नेतृत्वमा अमेरिकी संसदीय प्रतिनिधिमण्डल सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापान भ्रमणमा निस्कन लागेको बताएकी छन्।

यसअघि चर्चा गरिएजस्तो उनको भ्रमण सूचीमा ताइवान परेको छैन। चीनले आफ्नो भूगोल दाबी गर्दै आएको ताइवानमा पेलोसीले अघोषित भ्रमण गर्नसक्ने सम्भावना कायमै रहेको केही पश्चिमा सञ्चारमाध्यमले उल्लेख गरेका छन्। केही समययता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी सभामुख पेलोसीले ताइवान पनि भ्रमण गर्ने योजना बनाएको समाचार सम्प्रेषण गरेका थिए।