Breaking

अमेरिकी विदेशमन्त्री डोनाल्ड लु किन आए नेपाल ? भेटको रहस्य किन सरकारले गोप्य राख्यो ?


काठमाडौँ — अमेरिकी विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सक्काएर स्वदेश फर्किसकेका छन । विहिवार नेपाल ओर्लिएका उनी शुक्रवार नै स्वदेश फर्किए। एमसीसी मिसनमा सफल बनेका उनी एसपीपीको ताकेता गर्न नेपाल ओर्लिएको विश्लेषण जारी छ । सरकारले उनको भ्रमणको अन्तर्य बारे केही बताएको छैन । लु को नेपाल भ्रमणको रहस्य के हुन सक्छ ? दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो दुई दिने नेपाल भ्रमण सक्काएर स्वदेश फर्कि सकेका छन ।

तीन सदस्यीय टोलीसहित भारत हुँदै विहिबार काठमाडौंओर्लिएका उनले विहिवार साँझ सीमान्तकृत व्यक्तिहरू र शोषणबाट ज्यान जोगाएकाहरूले स्थापना गरेको पूर्णा नामक उत्पादन कम्पनीलाई अमेरिकी विदेशमन्त्रीको तर्फबाट दिइएको कर्पोरेट एक्सिलन्स अवार्ड हस्तान्तरण गरे । उनी यसैका लागि नेपाल आएको नेपालस्थित अमेरिकी दुतावासले जानकारी दिएका थिए ।

भ्रमणका क्रममा निजी क्षेत्रसँगको सहकार्यमा अर्वौ लगानी गर्ने प्रतिवद्धता मात्र गरेन राजनीतिक भेटघाट समेत गरे । उनले प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरे । भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धबारे विचार आदानप्रादन भएको उल्लेख गरेका छन । आफ्नो ट्वीटरमार्फत देउवाले निरन्तर विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद नै दिएका छन् ।

भने नेपालस्थित अमेरिकी दुतावासले नेपाल–अमेरिकाको सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा अमेरिका–नेपाल साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्ध स्थापनालगायत विषयमा छलफल भएको अमेरिकी राजदूतावासले जनाएको छ । तर लु को भ्रमण यत्तिमा मात्र सीमित हो ?मुलुकभित्र एसपीपीको रस्साकस्सी चलिरहेका बेला अमेरिकी उच्च अधिकारीको भ्रमण,लु को नेपाल भ्रमण लगत्तै सरकारले सदनमा एसपीपी वारे पत्र पठाईसकेका जानकारी समेत शंकाका घेरामा छ । लु को अचानक नेपाल यात्रा एसपीपी लक्षित हुनसक्ने आशंका व्यतm गर्छन ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको दुईपक्षीय छलफलमा के के विषय केन्द्रीत बन्यो भन्ने थप उत्सुकता जगाएको छ । तर सरकारले भेट बारे केही पनि खुलाएको छैन । परराष्ट्र मामिलाका जानकारहरु विदेश शतिmहरुको चासो र बाक्लिएको भ्रमणवारे चासो चिन्ता व्यतm गरिरहेका छन । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ डाक्टर खड्क केसीले नेपालमा बीआरआईलाई बुझेर नै पश्चिमा देशहरुले नेपाललाई बढी नियालीरहेको तर्क गर्छन ।

एमसीसी पास नगरे नेपालसँगको सम्बन्ध पुर्नविचार गर्ने चेतावनी दिएका लु नेपालले एसपीपी अस्वकार गर्ने निर्णयपछि नेपाल र्ओिलएका कारण पनि थप शंकाको घेरमा छ । एसपीपीवारे सरकारलाई सदनमै आशंका गरिरहेकाले पनि लु को नेपाल यात्रा थप चासोपूर्ण बनेको छ ।