Breaking

नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको छ: अध्यक्ष दाहाल


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् ।

‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन’ उनले भने, ‘समाज बनाउन युवा, प्रौढ, वृद्धवृद्धाहरु पनि चाहिन्छ । सबैको उचित समायोजन गरेर मात्र राजीनीति, समाज र राष्ट्र चल्न सक्छ ।’

पछिल्लो समय सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीलाई विदा गरौं भन्ने आशयका अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् । त्यसतर्फ लक्षित गर्दै उनले कार्यकर्तालाई पनि यो भनाइको खण्डन गर्न आग्रह गरे ।