Breaking

चुनावअघि समाजवादी केन्द्र बन्नेवाला छैन: अध्यक्ष प्रचण्ड


काठमाडोा — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चुनावअघि समाजवादी केन्द्र नबन्ने उल्लेख गरेका हुन् ।

संसदीय निर्वाचनमा कांग्रेससँगै गठबन्धनमा अघि बढ्ने उनले बताए । वर्तमान गठबन्धनमार्फतनै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने उनको भनाई छ।‘तत्काल समाजवादी केन्द्र बन्दैन। चुनावी मोर्चा बनाउने र पछि एकता गर्ने भन्ने कुरा भएको हो ।

अहिले टुंगिएको छैन,’ उनले भने । प्रचण्डले सिट बाँडफाँडमा कांग्रेसले एकलौटी गर्न नहुने बताए ।‘ यो सरकार हामी सबैको तागतले बनेको हो। कसैले एकलौटी गर्न खोज्नुभएन। यसमा कांग्रेसनै उदार हुन जरुरी छ,’ उनले भने ।