काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।
सत्ता गठबन्धनमा रहेको माओवादीसँग बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ ।
अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताएका थिए । गृहमन्त्री खाँणले बिहीबार साँझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि उनकै निवासमा पुगेर कुराकानी गरेका थिए ।


प्रतिक्रिया