काठमाडौँ — नेपाल भ्रमणमा रहेका अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज (शुक्रबार) उच्च स्तरीय भेटवार्ता थाल्ने भएका छन् ।
बिहीबार अपराह्न काठमाडौँ आइपुगेका उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारी लु भारतको नयाँदिल्ली हुँदै बिहीबार नेपाल आइपुगेका हुन् । काठमाडौँस्थित अमेरिकी दूतावासले लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा नेपाल आएको जनाएको छ ।


प्रतिक्रिया