Breaking

एमसीसी पास गराउन सफल लु नेपालमा, एसपीपीका लागि दवाव कि ताकेता, डोनाल्ड लु किन आए नेपाल ?


काठमाडौँ — पछिल्लो समय नेपालमाशतिm राष्ट्रहरुको दौडधूप बढ्दो छ । दुई ठुला शतिmराष्ट्र चीन र अमेरिकाले नेपालप्रति देखाएको चासो रसक्रियताले मुलुकको कुटनीतिक क्षेत्र तरंगित बनेको छ । स्वार्थ केन्द्रितशतिm राष्ट्रहरुको चेपुवा नेपाल पर्न थालेको त होइनभन्ने शंसय समेत पैदा भएको छ ।
अमेरिकाका दक्षिण तथामध्यएसियालीमामिलासम्बन्धी अमेरिकी सहायकविदेशमन्त्री डोनाल्ड लु बिहीबार अपरान्ह काठमाडौं ओर्लिएका छन् ।

छिमकी मुलुकभारतको नयाँदिल्लीहुँदै नेपालआइपुगेकावरिष्ठ अमेरिकीअधिकारी लु नेपालस्थित अमेरिकीउत्पादनकर्ता कम्पनी पूर्णालाई अवार्ड फर कर्पोरेट एक्सलेन्स प्रदानगर्न नेपालआएको नेपालस्थित अमेरिकीदुतावासले जनाएको छ ।शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेकोले पनिउनको भ्रमणलाई लिएर कुटनीतिक क्षेत्रलाईथपचनाखो बनाएको छ ।

कारण लु तिनै अमेरिकीअधिकारी हुन् जसले गत फेब्रुअरीमा नेपालकाशीर्ष नेतालाई फोन नै गरेर मिलेनियमच्यालेन्जकर्पोरेशन (एमसीसी) सँगको सम्झौताअनुमोदननभए नेपालसँग अमेरिकाको सम्बन्धपुर्नविचार गर्ने चेतावनीदिएकाथिए।त्यो भन्दा अघि नोभेम्बर महिनामा नेपालआएर उनले सम्झौताअनुमोदनकालागि फेब्रुअरी २८ को समयसिमातोकेर स्वादेश फर्किएकाथिए।अहिले मुलुकभित्रएसपीपीको रस्साकस्सी चलिरहेको छ ।

गतअसारमा नैमन्त्रिपरिषद वैठकले अमेरिकी शैन्य सहयोग स्टेट पार्टनरसिपप्रोग्रामएसपीपी अस्वीकार गरे पनि अमेरिकालाई अझै औपचारिक पत्रचार हुन सकेको छैन । एसपीपीविवादकै कारण प्रधानमन्त्री शेर बहादुर देउवाको अमेरिका भ्रमण समेत प्रभावित बनेका बेला लु को नेपालयात्रालाई अर्थपूर्ण मानिएको छ ।

एसपीपी अस्वीकारको विषयचौतर्फि उठिरहेको छ लु को भ्रमण र भेटघाटले एसपीपी र प्रधानमन्त्री देउवाको अमेरिका यात्रा साथै नेपाल अमेरिका सम्बन्धथपबहसको विषयबन्ने पक्का छ । केहि समय अघि उत्तरको छिमेकीचीनकावरिष्ठ अधिकारीलाई तामझामका साथ स्वागत गरेको नेपालले विहिवार अमेरिकीउच्चअधिकारीको तामझामका साथ स्वागतगरेको छ ।

यस अघि चिनिया कम्युनिष्ट पार्टी सीसीपीकाविदेश विभागप्रमुख लि जियानचाओ नेपालको भ्रमण सक्काएर स्वदेश फर्किएकाथिए । अर्थात पछिल्लो समय नेपालको आन्तरिक राजनीतिक घटनाक्रम र कुटनीतिक क्षेत्र क्षयिकरण हुँदै जाँदामुलुकको परराष्ट्र मामिलामाथीप्रश्न उठ्न थालेको छ ।

उच्चस्तरी भ्रमण र कुटनीतिक भेटघाट नेपालकालागिफलदायीबनेको छ त ?शतिm राष्ट्र आफ्नो स्वार्थ लाद्न धाइरहेका त छैनन् ? बहस जारी छ । विदेश मुलुकको यो सक्रियता र प्रतिस्पर्धाको फाइदालिन राष्ट्रियता केन्द्रमा राख्नुपर्ने परराष्ट्र मामिलाकाजानकारहरुको सुझाव छ ।

मुलुकको भु–राजनीतिकअवस्थिति, आन्तरिक राजनीतिक घटनाक्रम र बदलिँदो विश्व राजनीतिको प्रभाव कुटनीतिक क्षेत्रमा देखिनु स्वभाविकहो । तर शतिm राष्ट्रले फकाउने मात्रहोइनथर्काएर भएपनिआफ्नो स्वार्थ लाद्ने क्रमकोविकासहुनु सोचनीयविषय बनेको छ । यसप्रति नेतृत्वचनाखो हुन जरुरी छ ।