Breaking

इराकको राजधानी बगदादस्थित संसद भवन प्रदर्शनकारीहरुको कब्जामा


काठमाडौँ — इराकको राजधानीबगदादस्थित संसद भवनप्रदर्शनकारीहरुले कब्जा गरेका छन् ।इराकमाप्रधानमन्त्रीमाउम्मेदवारी दिएकामोहम्मदअल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर शियाधर्मगुरु मुक्तदाअल सदरका समर्थकहरू विरोधमाउत्रिएकाहुन् ।

इराकको राजधानीबगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरुले कब्जा गरेका छन् । संसद् भवनप्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गर्दा पनि रोक्न नसकेपछि ठूलो भीड संसद भवनभित्र छिरेकोे हो । बग्दादको अति संरक्षितग्रीनजोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौं मानिसहरूले इराकको संसदमापुगेका छन् । केहि समय अगाडी मात्रै श्रीलंकामाआर्थिक संकट भएपछि जनता सडकमा उत्रिएकाथिए र प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामालिएकाथिए ।

श्रीलंकाको संसद भवनकब्जा गरेको एक हप्तानबित्दै त्यही शैलीमाप्रदर्शनकारीहरुले इराकमापनि संसद भवनकब्जा गरेका छन् । कब्जा गरे लगतै सामाजिक सन्जालहरुमाप्रदर्शनकारीहरू संसद भवनभित्रनाचगान गरेको र टेबलहरूमा सुतेको भिडियो र फोटोहरुमा सेयर भइरहेकाछन् । प्रदर्शनकारीहरुले क्षति पु¥याए, नपु¥याएको बारेमाभने खुल्न सकेको छैन ।

इराकमाप्रधानमन्त्रीमाउम्मेदवारी दिएकामोहम्मदअल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर शियाधर्मगुरु मुक्तदाअल सदरका समर्थकहरू विरोधमाउत्रिएकाहुन् ।
अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको धर्मगुरु सदरको पार्टीले गत अक्टुबरको आमचुनावमा सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउनभने सकेको छैन ।

प्रदर्शनकारीहरु संसद भवनमाप्रवेश गर्ने बेला सांसदहरु भने थिएनन् । प्रधानमन्त्री मुस्तफाअलखादिमीले प्रदर्शनकारीहरुलाई संसद भवन छाड्न आग्रह गरेका छन् । प्रधानमन्त्री मुस्तफाअलखादिमीले भने प्रदर्शनकारीहरुलाई संसद भवन छाड्न आग्रह गरेका छन् ।

इराकमा ९ महिनाभन्दा बढी समयदेखि देशको नयाँप्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच कुनै सहमतिहन सकेको छैन । विश्वमै चुलिदै गएको आर्थिक संकट र त्यसले निम्त्याएको मुल्य वृद्धि लगाएतअन्य अनेकौं समस्याहरुको समाधाननहुदायसले उग्र रुप लिदै गएको देखिन्छ ।