काठमाडौँ — हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको सातौं महाधिवेशनबाट अध्यक्षमा आङ डोमा शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ ।
बिहीबार शेर्पा पार्टी प्यालेसमा प्रतिनिधिसभा माननीय संसद जिपछिरिङ लामाको प्रमुख आतिथ्यमा सम्पन्न सातौं महाधिवेशनबाट आङ डोमा शेर्पाको अध्यक्षमा ३३ सदस्यीय नयाँ कार्यसमित चयन भएको हो ।
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको वरिष्ठ उपाध्यक्षमआ दावा छिरी शेर्पा, प्रथम उपाध्यक्षमा पासाङ छिरी शेर्पा, तृतिय उपाध्यक्षमा मिङमा शेर्पा र ङिमा शेर्पा र महासचिवमा छोटी शेर्पा, सचिवमा राजेश र फुटी शेर्पा, कोषाध्यक्षमा बहादुर शेर्पा, सह-कोषाध्यक्षमा ङिमा शेर्पा लगायत ३३ जना निर्विरोध निर्वाचित भएको नव निर्वाचित महासचिब छोटी शेर्पाले जानकारी दिनुभयो ।

संस्कृति र भाषाको संरक्षण गर्ने उद्देश्यले २०४९ सालमा स्थापना भएको यस हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना कालदेखि शेर्पाहरूको भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरू गर्दै आइरहेको छ । संस्थाले सबै जिल्लाका शेर्पाहरू बीचमा आपसी मैत्रीभाव कायम गर्ने र शेर्पा कला संस्कृतिको विविधतालाई एउटै थलोमा ल्याई प्रस्तुत गर्दै आएको छ ।

स्थापनाको ३० औ बर्षमा प्रवेश हुँदै गर्दा भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू रक्षाको सवालमा कार्य गर्दै आइरहेको र बिशेषत शेर्पा युवापुस्ताबाट टाढिदै गईरहेको सस्कार सँस्कृतिलाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले संस्थालाई अगाडि बढाई रहेको संस्थाका निवर्तमान अध्यक्ष छिरिङ शेर्पाले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि माननीय जिपछिरिङ लामाले विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्छ बताउनु भयो ।
कार्यक्रम बोल्नु हुँदै आदिवासी जनजाति महासंघ तथा शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा लामाले विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो एकताको प्रतिविम्ब हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्ने र हामी आफैमा नेपाली शेर्पा हुनुमा गर्व गर्न सकिने बताउनु भयो ।

नव निर्वाचित अध्यक्ष शेर्पाले शेर्पा समुदायको भाषा र संस्कृतलाई प्रवर्द्धन र जगेर्ना गर्दै युवापुस्तालाई आफ्नो मौलिक संस्कृतप्रति थप प्रेरित गर्दै हकहित र सामाजिक सेवामा क्रियाशील रहने बताउनु भयो । हिमालयन शेर्पा साँस्कृतिक केन्द्र २०४९ सालमा स्थापना भएको गैरनाफा मुलक संस्था हो ।


प्रतिक्रिया