Breaking

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित


काठमाडौँ — राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको हो । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

विधेयकमाथि बिहीबार नै दफाबार छलफल प्रारम्भ भएको थियो । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।