Breaking

प्रदेश संरचना खारेज हुनुपर्नेमा राष्ट्रपतिको फरक मत


काठमाडौँ — देशमा यतिबेला संघीयताविरोधहरुले नयाँ मुद्दा अगाडि सारेका छन्। उनीहरुले संघीयता नै खारेज हुनुपर्ने नभनेर प्रदेशको संरचना खारेज हुनुपर्ने माग तेर्स्याएका छन्। विशेष गरी राप्रपाका नेताहरु राजेन्द्र लिङदेन र कमल थापाका दुबै समूहले घोषितरुपमै प्रदेश खारेजीको माग गरेका छन्। स्वतन्त्र अभियन्ता दिनेश सुवेदीको समूहले प्रदेश खारेजीको माग गर्दै सडकमा प्रदर्शनसमेत गरेको छ।

नेकपा एमालेसँग निकट रहेका अधिकांश नेता–कार्यकर्ताहरु औपचारिकरुपमा प्रदेश खारेजीको पक्षमा नउत्रिए पनि अनौपचारिक फोरमहरुमा भने ‘प्रदेश खारेजीको मागमा जनसमर्थन बढ्दै गएको विश्लेषण गर्न छुटाउँदैनन्। यसै सन्दर्भमा साउन १० गते शीतलनिवासमा निम्त्याइएका एक बरिष्ठ पत्रकारले राष्ट्रपतिलाई सोधे– जनताले प्रदेश संरचना खारेज हुनुपर्ने माग गर्न थालेका छन्, यसमा राष्ट्रपतिज्यूको धारणा के छ । राष्ट्रपतिलाई संविधानको संरक्षक मानिन्छ। संविधानको संरक्षकलाई यस्तो असंवैधानिक प्रश्नमा तानेर ल्याउन हुन्थ्यो , हुँदैनथ्यो आफैंमा बहसको विषय हो।