Breaking

कोरोना संक्रमणको जोखिम बढ्दो, हाम्रै कारण फैलिँदै छ कोरोना, सतर्कता शून्य

योहो संवाददाता

काठमाडौँ — महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट विश्वअझै मुक्तहुन सकेको छैन । ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ताबिएफाइभका कारण पुनसंक्रमणदर बढेको छ । कोरोना महामारी जतिझाँगिदै गएको छ स्वास्थ्य सर्तकतात्यतिन्यून छ । जसले कोरोना महामारीले फेरि विकरालरुप लिने त होइनभन्ने भय पैदा भएको छ । नेपाल सरकार स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको तथ्यांकअनुसारपछिल्लो केहि समय यता कोरोना संक्रमितको संख्यानिरन्तर बढ्ने क्रममा छ ।

कोरोना संक्रमितको तथ्याङ्कले पनियहि भन्छ । साउन १ गते यतामात्र कोरोना संक्रमणकै कारण ८ जनाको ज्यानगएको छ । गतवुधबार करिव १० प्रतिशत रहेको कोरोना संक्रमणदर साउन ११ गते बुधवार बढेर १२ प्रतिशतभन्दा बढि पुगेको छ । गत २४ घण्टामा आर टि पिसिआर र एन्टिजेन गरी ४ हजार ४ सय ५४ जनाको नमुना परिक्षण गर्दा ५ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये काठमाडौमामात्र २ सय १८ जना रहेका छन भने ललितपुरमा ४१ भतmपुरमा १७जना रहेका छन । बुधवार एक जनाको मृत्य भएको छ । साउन ८ गते ३ सय ४७जना, साउन ९ गते ५ सय ६८ संक्रमित र साउन १० गते ६ सय ३८ जना कोरोना संक्रमितथिए । कोरोना संक्रमण निरन्तर बढेकाले सरकारले स्वास्थ्य मापदण्ड पालनाजोडदिईरहेको छ ।

उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमितकाविरामीहरु बढ्न थालेका छन । आशंकाकाआधारमा परीक्षण गरिएकाअधिकांशमानिसमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालहरु बताउँछन । तर कोरोना महामारीप्रति सर्वसाधरण भने सचेत हुन छोडेका छन् । पूर्ण स्वास्थ्य मापदण्डको पालना कुरै छोडौ अधिकांश सर्वसाधरणले मास्क समेत प्रयोग गर्दैनन् । सबैभन्दा बढि सचेत र चनाखो हुनुपर्ने सर्वसाधरणको ध्यानभने यता पटक्कै गएको छैन ।

सडकमा मात्रहोइन कोरोना महामारी र स्वास्थ्य मापदण्डका सवालमा सदनपनि अनविज्ञ झै देखिएका छन । संसदमा सांसदहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना धेरै परको कुरा मास्क समेत नलगाएपछि सभामुखले मंगलबारको संसद बैठकमा स्वास्थ्य सतर्कताअपनाउननिर्देशननै दिए ।

चरणवद्ध रुपमा देखा परेका कोरोनाकानयाँनयाँ भेरियन्ट विश्वकै लागिचुनौतीबनिरहेको छ । कोरोना संक्रमणदर बढ्दै जाँदासक्रिय संक्रमितको संख्यामापनि वृद्धि भएको छ । त्यसैले अनिवार्य स्वास्थ्य मापदण्ड पालनातर्फ सबै समयमा नै सचेत हुने कि ?