कोरोना विशेष

पछिल्लो २४ घन्टामा देशभर थपिए ५६४ संक्रमित एकको मृत्यु


काठमाडौँ — पछिल्लो २४ घन्टामा देशभर थप ५६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५६४ जनामा संक्रमण पुष्टि भएको हो । ४ हजार ४५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

दुई हजार ७७८ जनाको पिसिआर र एक हजार १७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर ३९२९ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ ।
२०२ जना संक्रमित निको भएका छन् ।