Breaking

गृहमन्त्री खाँण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता


काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् ।

श्रेष्ठ निवास हात्तीबनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो ।

राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदै छ । यहीबीच राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाँणले भेट गरेका हुन् ।