काठमाडौँ — बर्खा मै खडेरी परेर धानरोपाइँरोकिएपछिपश्चिम तराईका थारु समुदायले वर्षाका देवताइन्द्रको अनौठो तरीकाले पुजा गरेका छन् । पुरुषहरुले महिलाको पोषाकलगाउने र महिलाहरुले पुरुषको पोषाकलगाएर इन्द्रको पुजा गरेका हुन् ।
पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् ।बर्खामापानीनपरेपछि थारु समुदायकामानिसहरुले पुरुषहरुलेमहिलाको पोषाकलगाउने र महिलाहरुले पुरुषको पोषाकलगाएर गाईया बेहेर्न अर्थात गाई छेक्ने चलन छ ।
देवताहरुलाई मनाउनआफ्नो परम्परा अनुसार हरेक जातिहरुको संस्कार र पूजागर्ने शैली फरक–फरक छन् । त्यस्तै पश्चिम तराईका थारु समुदायकामानिसहरुले पनिबर्खा लगाउनकालागिपानीनपरेपछि अनेकखालकापूजागर्ने गरेका छन् । यो वर्ष असार महिनाभरपानीनपरेपछि थारु समुदायकामानिसहरुले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलनअपनाएकाहुन् ।
महिलाहरुले पुरुषहरुको पोषाकलगाउने र पुरुषहरुले महिलाको पोषाकलगाएर आफ्नो छिमेकीगाँउमागइगोरु,भैँसी बन्दकबनाएर ल्याउने र त्यस गाँउकामानिसहरुले आफ्नो बन्दक बनेका गोरु,भैँसी छुटाउन आएपछि आफ्नो मौलिकभाषामागीतगाएर छुटाउने परम्परा रहेको छ ।
पहिलाको समयमाधानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा शुरु हुन्थ्यो । तर अहिलेको समयमाअन्तिमविकल्प नभएपछि यो परम्परागतप्रचलनमाइन्द्र देवलाई पूजागर्ने गरेको स्थानीयको भनाइ छ । उनीहरु गितगाएर नै यो संकृतीको जानकारी गराउँछन । यो परम्परा थारु समुदायमापुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिलेअन्धविश्वास भन्ने गरिएपनिथारु समुदायभने पूजा गरेपछिमात्रपानीपर्ने गरेको र उत्पादनपनि राम्रो हुने गरेको विश्वास राख्छन् ।


प्रतिक्रिया