काठमाडौँ — स्टेट पार्टनरसिपप्रोग्रामएसपीपीअस्वीकार गर्ने निर्णय गरेको महिनादिनवित्यो ।तर अझै औपचारिक पत्रचारअझै हुन सकेको छैन । एसपीपीका सवालमा सरकारी ढिलासुस्तीप्रतिवारम्वार सदनबाट सरकारको ध्यानकर्षण गराएपनि सुनुवाई शुन्य छ । आफ्नो अमेरिका भ्रमण नै स्थगन गरेर बसेका प्रधानमन्त्री देउवाएसपीपीवारे किनमौन छ त ? अमेरिकी शैन्य सहयोग स्टेट पार्टनरसिपप्रोग्रामएसपीपीवारे सडकदेखि सदनसम्मचर्को विरोध भएपछि सरकार एसपीपीमा पछि हट्यो ।
गतअसार ६ गते बसेको मन्त्रिपरिषद बैठकले औपचारिक रुपमाएसपीपी अस्वीकार गर्ने निर्णय नै ग¥यो । औपचारिक कुटनीतिक पत्रचारको जिम्मा परराष्ट्र मन्त्रालयलाई सुम्पियो । तर थपअध्ययनको वाहनामापरराष्ट्र मन्त्रालयले महिनादिनवित्दापनिमन्त्रिपरिषदको उत निर्णय कार्यन्वयनगर्न नसक्दाएसपीपीविवादले अझै पार पाउन सकेको छैन ।एसपीपीका कारण सदन तरंगित छ । गतबुधवार सत्तारुढ दल र प्रमुखप्रतिपक्षका सांसदहरूको विरोधकाबीच सभामुखअग्निप्रसाद सापकोटाले एसपीपीबारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन रुलिङ नै गरेका थिए ।
औपचारिक पत्राचारको जिम्मेवारी पाएको परराष्ट्र मन्त्रालयको ढिलासुस्तीर अर्कोतर्फ आफ्नो अमेरिका भ्रमण नै प्रभावितपारेर बसेका प्रधानमन्त्रीशेर बहादुर देउवाको मौनता उस्तै छ । एसपीपीको सम्बन्धमा अमेरिकालाई पठाउने पत्रबारे सदनमा सांसदहरुले पटक पटक सरकारको जवाफमागे पनि सरकार भने जानकारी दिनको सट्टा आनाकानीगरिरहेको छ । । फलत सत्तारुढ दलकै शीर्ष नेताहरु सरकारको आलोचनामाउत्रिएका छन ।
औपचारिकपत्रचारको विषयमाथपअध्ययनभईरहेको परराष्ट्र मन्त्रमलयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाली रहेका प्रमुख सत्तारुढ दल नेपालीकांग्रेस सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरिसकेको र समयनुकुलपत्राचार हुने तर्क सहित टार्ने गरेका छन । एसपीपी अस्वीकार गर्ने विषयमा सरकारकोधारण प्रष्ट भईसकेको उनीहरुको दावी छ ।
विरोधकै बलमा सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय त ग¥यो तर अझै कार्यन्वयनको तहमा पु¥याउनचाहेको छैन । एसपीपीवारे सरकारको वेवास्ता र परराष्ट्र मन्त्रालयको कार्यशैलीका कारण एसपीपी अस्वीकारको खेल कतै तत्कालको विरोध मत्थर पार्ने रणनीति मात्र त होइनसंशय बढाएको छ ।


प्रतिक्रिया