काठमाडौँ — प्रदेश १ को नामकरणमा अन्योल कायमै रहेको छ । दलहरुबीच सहमति हुन नसक्दा प्रदेश १ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आआफ्नो अडानबाट पछि नहट्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना कम प्रदेशको नाम टुङ्ग्याउन भन्दै गएको शुक्रवार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएको थियो । तर, दलहरु आआफ्नै अडानमा रहेपछि सहमति हुन सकेन ।
प्रदेश १ मा कोशी, किराँत, कोशी–किराँत, सगरमाथा, किराँत लिम्बुवान, शेर्पालुङ मधेस, विराट, विजयपुर, सप्तकोशी र लिम्बुवान खम्बुवान लगायतका नाम चर्चामा छन् । एकीकृत समाजवादीले किराँत प्रदेशको प्रस्ताव गरेको छ । माओेवादी केन्द्र पनि एकल पहिचानको पक्षमा छ । नेपाली कांग्रेसले सप्तकोशी र नेकपा एमाले कोशी नाम प्रस्ताव गरेको छ ।
प्रदेशको नामकरणका लागि दुई तिहाइ बहुमत अर्थात ६२ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश १ मा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र राप्रपा तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र१ गरी ९३ जना सांसद छन् ।


प्रतिक्रिया