काठमाडौँ — काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने सुन्दरीजलले पर्यटक मात्रै आर्कषित गरेको छैन् ।बेला बेलामाआफ्नो रौद्र रुप देखाउदाकतिबुवाआमालाई जिवनभर पिडा दिएको छ । सुन्दरीजलको सुन्दरता कैद गर्न पुगकायुवायुवती बेला बेलामात्यहीबग्ने गरेका छन् । शनिबार साथीसहित घुम्न गएका काठमाण्डौ कपनकाशुभमश्री प्रधान सुन्दरीजलमै खसेपछि सुन्दरीजलको क्रुर रुप फेरि बाहीरिएको छ । शिवपुरी राट्रिय निकुञ्जमा पर्ने सुन्दरी जल,शनिवारका दिनविद्यार्थीका लागिविशेष घुम्ने ठाउँ । एसइई दिएर रिजल्टको पर्खाइमा बसेका कपनका १५ वर्षीय शुभमश्री प्रधानचाजोपाँजो मिलाएर ७जना साथीहरुसँग घुम्न सुन्दरीजलनिस्किए ।
घुमफिर र फोटो खिच्ने क्रमचल्दै थियो । चिप्ला ठूला ढुङगा छिचोलेर उर्लिएको छङछङी पानीमा देखिएको मनमोहक दृश्य कैद गर्न शुभमश्री लालाहितभए । फोटो खिच्न ढुङगामा पुगेका उनि त्यहाबाट चिप्लिए । ठूलो ढुङगाबाट चिप्लिएकाउनको फोटो खिच्ने सपना छिन भरमै अस्तायो । पानीको बेगसँगै बगेका उनि हेर्दाहेर्दै हराए । ७जनाको टिममा गएकाशुभमश्री त्यतिनै बेला बेपत्ताभए ।
संँगै गएका साथीहरु खोज्नथाले तर कसैको पत्तो चलेन । घुम्न गएको छोरो कति बेलाफर्किन्छ भनेर बाटो कुरीरहेका दयाप्रधानलाई बेलुकीपख छोरो बेप्पताभएको खबर आयो । बाग्मतीखोलामा छोरो बगेको खबरले विक्षिप्तभएकाबाबु दयाले जिवितै छोरो भेटिने आस मारेका थिएनन् । तर उनको आसा धेरै समय टिकेन अन्ततउनले छोरो गुमाउनु पर्यो । सुन्दरताको बखान गरीरहने सुन्दरीजलले आफ्नो रौद्र रुप देखाउदादयाप्रधानले आफ्नो छोरो गुमाएकाछन् ।
आफ्नो छोरा गुमाउदाकुनबुबाआमाको आँसु थामिन्छ र ।दयाको परिवार यति बेलाशोकमा डुवेको छ सवै जनाभावविहिलभएका छन् कसैको आँखाओभाएको छैन। यो उमेरमाभएको एउटा छोरो पनिगुमाएकादया बेलाबेलामा मुर्छित हुन्छन् ।सुन्दरीजलको बदलिदो क्रृुर रुपले आफ्नो सन्ततीगुमाउने दयापहिलो पिता हैनन विगतमापनि सुन्दरीजलमा घुमफिर गर्न ज्याने क्रममाअरुले पनिज्यानगुमाएका छन् । उनलाई जस्तो चोट र पिडा अरुलाई पनि परेको छ । सुन्दरीजलको मनमोहक दृश्यसँगै त्यहाँकाचिप्ला ढुङगा र उर्लदो पानीको भेल धेरैको लागि घातक सावितभएको छ । जसका कारण दयाजस्ताअरुले पनिआफ्नो सन्तानगुमाएको छन् ।
फोटो खिच्नजादा बेपत्ता भएका शुभमश्री अन्तत मृत अवस्थामा फेला परेका छन् । शविबार दिउँसो ४ बजेतिर खोलामा खसेपछि नेपालप्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमाउनलाई आज ३ बजेतिर मृत अवस्थामा फेलापारिएको हो । १५ वर्षको छोरो मृत फेला परेपछि दयाप्रधानको बुढेसकालको सहारा छिनिएको छ । यस्ता घटना पटक पटक दोहोरीदापनि संम्वन्धितनिकायको बेवास्था या ध्याननपुगेर हो अहिले सम्म नियन्त्रण हुन सकेको छैन । बेलैमा यो विषय मा ध्यान नदिएर सुन्दर सुन्दरीजलको सुन्दरताको विषयमाबखानमात्रै गर्ने हो भने यस्ता भवितव्य फेरि पनि दोहोरीन सक्छ । ज्यान गुमाएका शुभमश्री को परिवारले भने घटनाको विषयमा सत्यतथ्य छानविनको माग गरेको छ ।


प्रतिक्रिया