काठमाडौँ — २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारले तयारी गरेको छ । साथै सरकारले ७३ बुँदे कार्ययोजनाबनाएर पर्यटन क्षेत्रमा सुधार ल्याउने परिकल्पनासमेत गरेको छ ।
सरकारले सन्२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । आईतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा ‘रिकोभरी प्लान’ल्याउने निर्णय गरेका थिए । जस अनुसार आईतवार मन्त्रालयले पर्यटन पुनरुत्थानकार्ययोजना सावजनिक गरेको हो । कार्ययोजना प्रश्तुतगर्दै मन्त्रालयका सहसचिवहोमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिना भित्र घोषणागरिसक्ने गरी तयारी गरिरहेको बताए । उनले पर्यटन क्षेत्रमाअनवरत योगदानगर्नेव्यक्तिहरुलाई सम्मान स्वरुप परिचयपत्र दिने कार्ययोजना बनाएको पनि बताए।
कार्यक्रममा संस्कृति,पर्यटन तथानागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले पारेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने कामगर्ने दाबीगरे । मन्त्रीश्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी कामगर्ने तयारी गरेको समेत जानकारी गराए । उनले विगतमाकुनै एक वर्षलाई भ्रमण वर्षको रुपमामनाएर पर्यटन प्रवद्र्धन पर्यटन क्षेत्रको विकास गर्ने गरीएको भएपनिवर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने जानकारी गराए । मन्त्रीश्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभइ सरकारको कार्ययोजना भएको बताए ।
मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने घोषणा पनि गरेको छ । त्यस्तै मन्त्रालयले हिमालआरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटर सम्मका थप हिमचुलीहरुको आरोहण ६ महिनाभित्रखुलागर्ने तयारी गरेको छ । त्यस्तै, प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ । काठमाडौं उपत्यकाभित्र रात्रीकालिनपर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदायात्राआगामीदुई वर्षभित्र सञ्चालनगर्ने तयारी रहेको बताएको छ । किलिन नेपाल,ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश,स्थानीय सरकार ,नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई एवं रङ,रोगनअभियान एक महिनाभित्रचलाउने घोषणा गरेको छ ।


प्रतिक्रिया