Breaking

माओवादी र समाजवादीबीच बढ्यो दुरी, पछिल्ला राजनीतिक घटनाक्रमबारे विवाद

योहो संवाददाता

काठमाडौँ — सरकारका कामकारबाहीबारे सत्तारुढ दलकै नेताहरुले असन्तुष्टी जनाउँदै आएका छन् । एमसीसी, एसपीपी र नागरिकता विधेयक सम्म आउँदा सत्ता गठबन्धनबीचको विवाद छताछुल्ल भएको छ । समाजवादी केन्द्र गठन गर्ने भन्दै गृहकार्य अगाडि बढाएका दलहरु नै वर्तमान राजनीतिक घटनाक्रमबारे एकमतहुन सकेका छैनन् ।

आईतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव नेपालको परिस्थिति’विषयक विचार गोष्ठीमा बोल्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्तगरे । अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेताश्रेष्ठले रोष प्रकट गरेका हुन् । उनले सो विधेयक पारित गराउननहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनित्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गरे ।

त्यसैगरी सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागीनहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिनुपर्ने अवस्था आएको बताए । क्याबिनेटले एसपीपीमा सहभागीनहुने भनेर गरिएको निर्णय कार्यान्वयनमा ढिलासुस्तीभएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई तत्कालकार्यान्वयनगर्न अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री देउवालाई पुनःदवावदिए ।

उनले केहीदिन अघि मात्रै आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेरै एसपीपीमा सहभागीनहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरिएको पनि बताए। मुलुकको राष्ट्रियताको रक्षाकालागि नेपालीजनताको जगकता सबैभन्दा बढि जरुरी हुने अध्यक्ष नेपालको भनाई थियो । पछिल्लो समय माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समाजवादी केन्द्र गठन गरेर काँग्रेससँग सिट बाँटफाडमा दवावदिने तयारीमा छन् । तर सो केन्द्र गठनका लागितयार भएका दलहरुबीच देखिएको असमझदारी उनको योजनामा धक्का लाग्ने देखिन्छ ।