Breaking

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । वर्षा भइरहेकाले  जलसतह थप बढ्नसक्ने भएको भन्द्र नदी तटीय क्षेत्रमा बस्नेहरुले बिहानसम्म उच्च सतर्कताका अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।