काठमाडौँ — मुटु सम्बन्धिजुन जुकै रोग लागोस्,शहिदगंगालाल राष्ट्रिय हृदय केन्द्र नेपालीहरुको मुख्य रोजाईमा पर्ने गर्दछ । तर पछिल्लो समय अस्पताल प्रशासनको चरम लापरवाहिका कारण मुटुको शल्यक्रियागर्दा प्रयोग हुने महत्वपूर्ण उपकरण अक्सिजेनेरेटरको अभावमाविरामी समस्यामा परेका छन ।
ओपन हार्ट सर्जरी गर्दा मुटु र फोक्सो दुबै बन्दगर्नुपर्छ ।
त्यस्तो बेला शरीरमाअक्सिजनदिन र कार्बनडाइअक्साइड लिनअक्सिजेनेटर नामकउपकरणको प्रयोग अनिवार्य छ । मुटु र फोक्सो बन्दभएका बेलाअक्सिजेनेटरले शरीरको रगतमाअक्सिजनदिने र कार्बनडाइअक्साइड लिने गर्छ । शल्यक्रियाका बेला मुटु र फोक्सो कृत्रिम रुपमा सञ्चालनगर्न अक्सिजेनेटरप्रयोग हुन्छ । अक्सिजेनेटर विना मुटुको शल्यक्रिय सम्भव छैन ।
कोरोना महामारी,रुस युक्रेन युद्ध जस्ता वाहनामामहत्वपूर्ण उपकरण अक्सिजेनेटरको चरम अभावसुरु भएको छ । मुटु रोगउपचारकोमुख्यगन्तव्यशहिदगंगालाल राष्ट्रिय हृदय केन्द्रले शल्यक्रिया नै बन्द गरेको छ । अस्पतालले मंगलवार मुटुको शल्यक्रियाकादर्जर्नौ विरामीफिर्ता गर्यो । शल्यक्रिया सेवाबन्दहुँदाविरामीहरु मारमा परेका छन ।
बाँकेका ५३ वर्षिय प्रकाशचौधरी आफ्नो मुटुका रोगी १३ वर्षिय छोरीलाई अचानकगाह्रो भएपछि उपचारका लागिकोहलपुरदेखि काठमाडौ ल्याए । ३ गते अस्पताल पुगेका उनलाई डाक्टरले छोरीको शल्यक्रियागर्नुपर्ने बताएपछि अस्पताल भर्ना गरे । तर शल्यक्रियागर्ने सामाननभएको भन्दै अझै उनको शल्यक्रियाहुन सकेको छैन । उनीहरु स–परिवार छोरीको शल्यक्रियाको दिन कुरेर बसेका छन ।
उनीमात्रहोइनशहिदगंगालाल राष्ट्रिय हृदय केन्द्रमाउनी जस्ता सयौं विरामी भेटिन्छन । घर फर्काउनमिल्ने शल्यक्रियाकाविरामीलाई त अस्पतालले विदागरिसकेको छ । तर गम्भिर प्रकृतिकाविरामीहरुलाई अस्पतालको वाड र हेरचाहमा राखिएको छ । तर शल्यक्रियगर्नैपर्ने विरामीको समेत उपकरण अभावमाशल्यक्रियाभएको छैन ।
सहिदगंगालाल राष्ट्रिय हृदयरोग केन्द्रकाकार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रियाकालागिआवश्यक पर्ने अक्सिजेनेटेर मेसिनअभावभएकाले विरामीहरुको मुटुको शल्यक्रियागर्न नसकिएको बताए । शिक्षा समितिमाउनले युक्रेन युद्ध र कोरोना संकटका कारण सो उपकरण ल्याउननसकिएको बताए ।
मुटुको अपरेसन गर्न आवश्यक पर्ने अक्सिजेनेटरको अभाववारे संसदमाविषयप्रवेश भएपनिसरोकारवालानिकायको खासै ध्यानाकर्षण भएको छ । नेकपाएमालेकी सांसद नविनालामालेबुधबार सदनमा यो विषय उठान गरे पनिविषयबस्तुको सारमाभन्दाआवरणमा बहस केन्द्रितहुँदाविषयको गहनताओझेलमापर्यो । तथापी स्वास्थ्य जस्तो संवेदनशीलविषयमा सरकार जवाफदेहि र जिम्मेवार नहुनु आफैमानिन्दनीय छ ।


प्रतिक्रिया