काठमाडौँ – सरकारले आज प्रतिनिधि सभामा नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाउने भएको छ ।
यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गर्ने तयारी गरेको हो ।
त्यसका लागि आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । आजको बैठकका लागि सार्वजनिक सम्भावित कार्यक्रममा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल सदनमा गरियोस्’, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख गरिएको छ ।

यसैगरी आजै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ ।
अन्य सम्भावित कार्यक्रममा प्रधानमन्त्री शरेबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै गृहमन्त्री खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस् र कारागार विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया