Breaking

प्रधानमन्त्री देउवाद्वारा नवनिर्वाचित भारतीय राष्ट्रपतिलाई बधाई


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई बधाई दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले राष्ट्रपति मुर्मुलाई बधाई दिएका हुन् ।

‘नेपाल सरकार र नेपाली जनताका तर्फबाट भारतको १५ औं राष्ट्रपति निर्वाचित भएकोमा द्रौपदी मुर्मुलाई हार्दिक बधाई दिन चाहन्छु’ देउवाले ट्विटरमा लेखेका छन्, ‘आगामी दिनमा नेपाल र भारतबीच रहिआएको उत्कृष्ट सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेमा म विश्वस्त छु ।’

सत्तारुढ नेसनल डेमोक्रेटिक एलायन्सकी उम्मेदवार मुर्मु आज भएको निर्वाचनबाट प्रतिद्वन्द्वी यसवन्त सिन्हालाई भारी मतले हराएर राष्ट्रपति निवार्चित भएकी हुन् ।