Breaking

विक्रमासिंघेले लिए राष्ट्रपतिमा शपथ


काठमाडौँ – श्रीलंकाको ८औं राष्ट्रपतिमा रनिल विक्रमासिंघेले शपथ ग्रहण गरेका छन् । आज संसद भवनमा उनलाई प्रधानन्यायाधीश जयन्त जयसुर्याले शपथ ग्रहण गराए ।

श्रीलंका आर्थिक संकटमा पुगेपछि नागरिकले निवर्तमान राष्ट्रपति गोतावाया राजापक्षेविरुद्ध आन्दोलन चर्काएका थिए । त्यसपछि देश छाडेर भागेका राजापाक्ष अहिले सिंगापुर पुगेका छन् ।

हिजो संसदले राष्ट्रपतिमा विक्रमासिंघेलाई राष्ट्रपतिमा अनुमोदन गरेको छ । दुई महिनाअघि मात्रै विक्रमासिंघेलाई राष्ट्रपति राजापाक्षले प्रधानमन्त्रीमा नियुक्त भएका थिए । जनतामाझ अलोकप्रिय विक्रमासिंहे राष्ट्रपति बनेपछि श्रीलंकाका आन्दोलनकारी भने अब के गर्ने भन्ने अन्योलमा छन् ।

राजापाक्षको चरम परिवारवादले श्रीलंकाको आर्थिक भण्डार रित्तिएको छ । जनता औषधि लगायतका अत्यावश्यक सामग्रीको अभावमा छटपटाइरहेका छन् । त्यसको व्यवस्थापनमा भने रनिललाई चुनौति रहेको छ । उनले सबै दललाई मिलाएर लैजाने प्रतिवद्धता जनाएका छन् ।