Breaking

काँग्रेसलाई टक्कर दिन समाजवादी केन्द्र बन्दै, प्रचण्ड–माधवदेखि बामदेव–बाबुरामसम्म एकताबद्ध, ओली बाइपास


काठमाडौँ — राजनीतिक दलहरु निर्वाचन लक्षित गतिविधिमा केन्द्रित, समाजवादी केन्द्र गठन गरेर काँग्रेस र एमालेलाई दवाव दिने प्रयास, आन्तरिक समीकरणमा बदलाबको संकेत । गठबन्धनको गठजोड भत्काउने एमालेको प्रयासका बाबजुद पनि सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसले आगामी प्रदेश र संघीय निर्वाचनमा हालकै तालमेललाई निरन्तरता दिने निर्णय ग¥यो । जसलाई गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुले समेत स्वागत गरे । यसले ढोकैमा रहेको वाम एकताको प्रयासलाई अब सम्भावना बाहिर पु¥याउँदै छ भने, बरु एमालेबाहेकका कम्युनिष्ट शक्तिहरु मिलेर बन्ने समाजवादी केन्द्रको सम्भावनालाई बलियो बनाएको छ ।


वैचारिक पाटो र राजनीतिक बाटो मिल्ने दलहहरुबीच एकता गर्दै एउटा शक्ति निर्माण गर्ने र काँग्रेससँग पनि मित्रवत् सम्बन्ध कायम राख्दै चुनावमा जाने तयारीसहित मंगलबार सिंहदरबारमा छलफल चल्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम छलफलमा होमिए । साथमा एकीकृत समाजवादीका अर्का वरिष्ठ झलनाथ खनाल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समेत सहभागिता थियो ।

मुलतः सत्ता गठबन्धनमै आवद्ध वामहरु र सत्ता बाहिर रहेका केही शक्तिहरुलाई खेरखार बनाएर ‘समाजवादी केन्द्र’ निर्माणको प्रयास चलिरहेको छ । जुन आगामी आम निर्वाचनअघि नै गर्न पाए लाभकर हुने नेताहरुको बुझाई छ । किनकि निर्वाचनअघि नै समाजवादी केन्द्र बनाएर काँग्रेसलाई दबाबमा राख्ने र बढीभन्दा बढी सिटमा बार्गेनिङ गर्ने मनसाय नेताहरुमा देखिन्छ ।

चुनावअघि नै समाजवादी केन्द्र बनाउँदा काँग्रेससँग सिट संख्यामा बार्गेनिङ गर्न मात्रै सहज हुनेछैन, काँग्रेससँग छुट्टीएर चुनाव लड्ने ताकत पनि समाजवादी केन्द्रले दिनेछ । यसैकारण नेताहरु जोरजुलमसँग गृहकार्य चलाइरहेका छन् ।मंगलबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए । मुख्यतः बाबुराम भट्टराईकै विचार हो समाजवादी केन्द्र । उनले कम्युनिष्टभन्दा समाजवादी बढी समयसापेक्ष हुने र सबैलाई समेट्न सकिने बताउँदै आएका छन ।

उनकै विचारको स्वामित्वलिएर दलहरु जान सके निर्वाचन अघि नै एकता सम्भव देखिन्छ । किनकि अहिले एक सय सिटको दाबीसहित गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको काँग्रेससँग माओवादी–समाजवादी लगायतका दल सन्तुष्ट छैनन् ।

काँग्रेस खुम्चिन तयार नभए समाजवादीकै नाममा तालमेल गर्ने वा निर्वाचनमा जाने भन्ने विषयमा समेत नेताहरुबीच छलफल चलिरहेको छ । उनीहरु समाजवादी केन्द्रकै चिन्ह बनाएर चुनावमा जाने विषयमा समेत छलफल गरिरहेका छन् । तर यो गृहकार्यमा नेकपा एमालेलाई भने बाहिर राखिएको छ । बरु एकताको प्रयास सुनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले फुट्नका लागि एकताको प्रयास भन्दै आलोचना गरेका छन् ।

कमजोर हुँदै गएको जगले वर्तमान हल्लीएपछि यी दलहरुमा पछिल्लो समय वामपन्थी एकताको विषयले स्थान पाउन थालेको छ । एमाले बाहेकका शक्ति एक हुन तयार पनि देखिन्छन् । अरु शक्तिलाई पनि सँगै लैजानुपर्ने विषयमा समेत छलफल चलेको छ । तर एमालेले भने यस विषयमा इच्छा जाहेर गरेको देखिँदैन । किनकि समाजवादी केन्द्र एमालेलाई धक्का दिन एमालेबाहेकको एकता भएको अर्थमा एमालेजनहरु बुझिरहेका छन् ।

यद्यपी समाजवादी केन्द्रको निर्माणले अहिले दलहरुबीच देखिएको आन्तरिक समस्यालाई हल गर्ने विश्लेषणसमेत भइरहेका छन् ।पदाधिकारी चयन लगायतका विषयले माओवादी केन्द्र, मन्त्री फेरबदलले समाजवादी र अध्यक्षद्वयको टकरावले जसपाले संकटमा फसेका छन् । सबैतिरबाट एक्लीएका बामदेव स्पेसको खोजिमा छन् । यी सबै समस्याको समाधान गर्ने विकल्प भने समाजवादी केन्द्र बन्ने देखिएको छ ।