Breaking

जब भीम रावलले रोष्टम कब्जा गरे, प्रचण्डको दिल्ली भ्रमणबारे सदनमा जानकारी दिन माग ?


काठमाडौँ — प्रतिनिधि सभा बैठकमा सांसद्हरुको रोचक बहस, प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी दिनमाग, एसपीपीमा रुलिङ मागगर्दै रोष्टम कब्जा गरेपछि बैठक अवरुद्ध आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले अमेरिकी सैन्य सहयोग एसपीपी देखि प्रचण्डको भारत भ्रमणको विषय उठाएका छन् । त्यस्तै, आजको बैठकमा सभामुख र प्रतिपक्षदलएमालेका सांसद भीम रावलको घम्साघम्सी पनि रोचक देखियो ।

बुधबारको प्रतिनिधि सभा वैठकमा सांसदहरु नेकपामाओवादी केन्द्रकाअध्यषपुष्पकमलदाहाल प्रचण्डको भारत भ्रमण,विवादित बनेको एमअधिकारी,एसपीपी सम्झौतालगायतकाविषयमाविरोध सहितआफ्नो धारण राखेका छन । नेकपाएमालेका सांसदभीम रावललेएसपिपीबारे सरकारले पठाएको पत्रबारे सदनलाई जानकारी गराउन रूलिङ गर्नुपर्ने मागगर्दै ‘रोष्टम कब्जा’गरे । प्रतिनिधि सभामा ‘ग्लोबल ग्रीनग्रोथ इस्टिच्यूटको सहभागितामुलक सदस्यको रूपमा सदस्यताप्राप्तगर्न स्वीकृत प्रदानगर्ने सम्बन्धी’ छलफलका क्रममाबोल्न रोष्टम पुगेका रावलले एसपिपीको विषय उठान गरेकाहुन् ।

सभामुखको ड्यासमाअध्यक्षता सत्या पहाडीले गरेकीथिइन । उनले पटक पटकआशन ग्रहण गर्न आग्रहगर्दा पनि रावलले नमानेपछि बैठकमा पुनपुगेका सभामुखअग्निप्रसाद सापकोटाले केहि समय वैठक नै स्थागितगर्नुप¥यो ।

त्यस्तै नेकपामाओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले सिसिटिभि फुटेज खोज्न समितिबनाउने सदनले एमअधिकारी हराउँदाचासो नदिएकोभन्दै प्रश्न गरे । त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डको भारत भ्रमणवारे सदनमाजानकारी गराउनमाग गरे । प्रचण्ड भारत भ्रमणमा रहँदाप्रधानमन्त्री शेरबहादुर देउवापत्नीआरजु राणा पनिभारतमै रहेको र त्यही बेलाभारतीयपक्षले नेपालीभूमिमिच्ने क्रम बढाएको दाबीगर्दै नेमकिपा सांसद प्रेम सुवालले प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनुपर्ने बताए ।

बुधवार बसेको प्रतिनिधि सभा वैठकमा राष्ट्रिय सभाबाट पारित भएको ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन)विधयक सर्वसम्मतपारित गरेको छ । ग्लोबल ग्रिनग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यताप्राप्तगर्न स्वीकृतिप्रदानसर्वसम्तले पारित गरेको । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिकोवार्षिक प्रतिवेदन, २०७९,उद्योग तथा वाणिज्य र श्रम तथाउपभोक्ताहित समितिकोवार्षिक प्रतिवदेन, २०७९ पेश भएका छन ।