Breaking

एमालेसँग एक्लै भिड्न नसक्ने हो काँग्रेस ? गठबन्धन कसलाई बढि आवश्यक ?प्रचण्ड–माधव फकाउँदै देउवा


काठमाडौँ — नेपाली कांग्रेसले आगामी निर्वाचनमा पनि गठबन्धनसहित जाने निर्णय गरेपछि यसको विभिन्न कोणबाट विश्लेषण सुरु भएको छ । कांग्रेसले गरेको सिघ्र निर्णयले दिन खोजेको सन्देश र असन्तुष्ट पक्षको सहमतिबारे समेत अहिले बहस सुरु भएको छ । तर निर्णय कार्यान्वय भने कांग्रेसकै लागि समेत त्यति सहज भने देखिँदैन । नेपाली कांग्रेसको सोमवार सकिएको केन्द्रीय समिति बैठकले सङ्घीय र प्रदेश चुनावमा पनि वर्तमान गठबन्धनबीच नै चुनावी तालमेल गर्ने निर्णय गरेपछि नयाँ वहस सुरु भएको छ ।

यहिवीचमा निर्णयलाई लिएर आगामी मार्गचित्रबारे विभिन्न अडकलबाजी सुरु भएका छन्। विशेषत निर्णयप्रति कांग्रेसको सिघ्रता र गठबन्धनबारे असन्तुष्ट डा. शेखर कोईरालाको मौन सहमतीले गठबन्धन कांग्रेसलाई बढि आवश्यक देखिएको धेरैको बुझाई छ । यो निर्णयमा पुग्न अघि कांग्रेसले केन्द्रीय समितिमा व्यापक वहस गरेको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड एक्लै चुनाव नलडी कोहि न कोहि संग गठबन्धनमा जाने पक्का भएकोले उनीहरुलाई नरोके आफैलाई क्षती हुने कांग्रेसका गठबन्धन पक्षधरले व्रिफिङ गरेका थिए । अर्कातर्फ गत निर्वाचनमा कृष्णप्रसाद सिटौला,शेखर कोईराला,विश्वप्रकाश शर्मा,रामचन्द्र पौडेल,गोपालमान श्रेष्ठ,डा.चन्द्र भण्डारी,विमलेन्द्र निधिको हारले समेत कांग्रेसले गठबन्धनको साथ खोजेको छ । त्यस्तै सुदुरपश्मिचमा एनपी साउद रमेश लेखक, आरजु देउवा जस्ता प्रभावशाली नेता चुनाव हारेको पनि कांग्रेसले भुलेको छैन ।

अर्कातर्फ विगतको अनुभवले समेत वहसमा रहेको वाम गठबन्धनको सम्भावना निस्तेज पानुपर्ने दवावमा कांग्रेसमा रहेको छ । फलत ः तालमेलको सीट बाँडफाँट गर्दा आफ्नो पार्टी मुख्य नेतृत्व रहने, गठबन्धनको बलमा कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने रचुनावपछि पनि कांग्रेसकै नेतृत्वमा ५ वर्ष स्थिर सरकार दिने वुँदा सहित कांग्रेसले यहि गठबन्धनलाई अघि बढाउने निर्णय गरेको छ ।

एक्लै लड्दा माओवादीले बढीमा ८ सीट र नेकपा एकीकृत समाजवादीले एक र मधेसवादी दलहरुले १५÷१६ सीट जित्नसक्ने रिपोटका वीच कांग्रेसको यो हतारोले उसलाई गठबन्धनको आवश्यक कति छ प्रष्ट पारेको छ ।

कांग्रेको रिपोर्टअनुसार कांग्रेस एक्लै चुनाव लड्दा ८० सीट जित्ने अनुमान छ भने एमालेले ६० सीटसम्म जित्नसक्ने आँकलन छ । गठबन्धन गर्दा पनि ४० प्रतिशत अन्य दललाई दिनुपर्ने भएकाले जित्ने सीट ८० देखि ९० नै हुने हो । तर पनि गठबन्धन नै रोज्नुमा प्रचण्ड खोज्नसक्ने नयाँ विकल्प नै मुख्य कारणका रुपमा देखिएको छ । तर निर्णय कार्यान्वयमा भने त्यति सहज देखिएको छैन ।

कसै गरे कांग्रेसलाई वहुमत ल्याउन रोक्ने रणनितिमा रहेको माओवादी र एकीकृत समाजवादीले भागवण्डामा बखेडा झिक्ने निश्चित छ । यता गत निर्वाचनमा आफ्नो क्षेत्रको प्रदेशमा दुवै सिट जितेर पनि आफू हारेको कुरामा शेखर कोईराला पनि सचेत देखिएका छन । फलत ः आफूलाई समेत फाईदा पुग्ने अवस्था देखिएपछि उनी गठबन्धनकै पक्षमा देखिएका छन ।

यसरी अहिले नै चेपुवामा परेको कांग्रेसको निर्णय कार्यान्वयमा एकपछि अर्को तगारो देखिने निश्चित छ । गएको निर्वाचनमा १६५ सिटमै उम्मेद्धारी दिदा समेत धनराज गुरुङ र गुरुराज घिमिरे जस्ता चर्चित अनुहारले नै टिकटबाट बन्चित भएका थिए । जसको व्यवस्थापन गठबन्धनको भागवन्डाले अझ सकसपूर्ण बनाउने देखिन्छ ।

त्यस्तै गठबन्धनले शिर्ष नेतृत्वकै व्यवस्थापनमा पनि समस्या पुर्याउने देखिएको छ । चितवनमा मेयरमा प्रचण्डपुत्रीलाई छोडेको कांग्रेसलाई फेरी प्रचण्ड वोक्न तयार बनाउनु देउवाको लागि फलामको च्युरा चपाउनुसरी देखिन्छ ।

आफूले टिकट नपाए विद्रोह गर्ने चेतावनी दिएका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन वस्नेतको क्षेत्रमा अग्नी सापकोटा के गर्छन ?अनि तनँहुमा पुरानै प्रतिस्पर्धी रहेका एकीकृत समाजवादीका किसान श्रेष्ठ र रामचन्द्र पौडेलमध्ये कसलाई टिकट दिने ? विगतमा पौडेललाई नै हराएका श्रेष्ठले टिकट नै नपाए चुप बस्लान ?यी प्रश्नहरुको घेराबन्दीमा काँग्रेस र सभापति देउवा पर्ने निश्चित छ ।