काठमाडौँ — सांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद लामाले स्वास्थ्य समस्या जस्तो गम्भीर विषय सदनमा उठाएकी थिइन् ।
उनले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाएकी थिइन् । तर कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक पटक शल्यक्रियाको सहि उच्चारण गर्न सकिनन् ।
उनले लिखित रुपमा पढेको भाषण बच्चाले पाठ पढेको जस्तो देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् । उनले अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया रोकिएको छ भन्नुपर्नेमा अक्सीमिटरको अभावमा मुटुको सलानकिरा रोकिएको छ भन्न पुगेकी थिइन् ।


प्रतिक्रिया