काठमाडौँ — सत्ता गठबन्धन एकजुट भएपछि प्रतिपक्षी दल एमाले सकसमा, भरपर्दो सहयात्रीको खोजी कार्य जारी, संघीय निर्वाचनमा साख जोगाउन चुनौती । आगामी संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनलाई निन्तरता दिने निष्कर्ष निकाल्दै काँग्रेसको केन्द्रीय कमिटी बैठकसम्पन्न भयो । स्थानीय निर्वाचनमा गठबन्धनकै कारण सबैभन्दा बढी फाइदा लिएको काँग्रेस आगामी निर्वाचनमा पनि गठबन्धनकै सहयोगमा पहिलो शक्ति बन्ने दाउमा छ ।
गत स्थानीय निर्वाचनमा खुम्चिएको प्रमुख प्रतिपक्ष नेकपा एमालेलगायतका अन्य दलले अबको निर्वाचनमागठबन्धनको सामना कसरी गर्लान त ? गएको स्थानीय निर्वाचनमा गठबन्धन गरेर पहिलो शक्ति बनेको नेपाली काँग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि निन्तरता दिने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटी बैठकसम्पन्न गर्यो । गएको स्थानीय निर्वाचनमा गठबन्धनका साथ सबैभन्दा बढी फाइदा बटुलेको काँग्रेस अब पनि अन्य दललाई ललाई, फकाई पार्दै संघीय निर्वाचनमा पनि पहिलो शक्ति बन्ने दाउमा छ ।
उसले आगामी निर्वाचनमा पनि एकल बहुमत पुग्ने गरि गठबन्धन गर्ने रणनीतिअघि सारेको छ । गएको स्थानीय निर्वाचनमा सुधारसहित तेस्रो शक्ति बनेको नेकपा माआवादी केन्द्रपनि काँग्रेसको यस निर्णयसँगै हौसिएको छ ।बाम एकताको चर्चा चुलिएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनलाई निरन्तरता दिने काँग्रेसको निर्णयको स्वागत गरेसँगै बाम एकताको विषय तत्कालका लागि साम्य भएको छ ।
प्रचण्ड भारत भ्रमणमा रहेकै वेला पनि एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँगको गठबन्धन तोडेर आएको खण्डमा माओवादीसँग चुनावी गठबन्धन हुन सक्ने संकेत गरेका थिए ।गठबन्धनलाई जसरी पनि फुटाउने संकल्प लिएको प्रतिपक्षी दल एमाले त्यसमा सफल हुने देखिँदैन । आगामी चुनाव पनि एकढिक्का हुने गठबन्धनको निर्णय एमालेका लागि तयारो बनेको छ । गएको स्थानीय निर्वाचनमा दोस्रो शक्तिमा खुम्चिएका ओली आगामी निर्वाचनमा बाम एकता तथा गठबन्धनै गरेर जाने रणनीतिमा थिए ।
तर देउवा र प्रचण्डको कसिएको मिलन ओलीका लागि घातक बन्ने निश्चित छ । यद्यपि, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताएका छन् । गएको स्थानीय निर्वाचनमा पनि लोसपासहित विभिन्न साना दलसँग तालमेल गरेको एमालेका लागि संघीय निर्वाचन पनि फलामको चिउरा चपाएसरी हुने निश्चित छ ।
सत्ता गठबन्धन प्रतिपक्ष एमालेका लागि मात्रै नभएर राप्रपा सहित वैकल्पीक दललाई समेत घातक सावित हुने देखिन्छ । ७४ सालको निर्वाचनमा पहिलो शक्ति बनेको एमालेका लागि आफ्नो सा गजोगाउनुपर्ने चुनौति छ । आफ्नै इगोले स्थानीय, प्रदेशदेखि केन्द्रसम्मको सत्तागुमाउँदै आएको एमालेलाई कम क्षतिमा संघीय निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता सतहमा आएको छ ।


प्रतिक्रिया