काठमाडौँ — करार नविकरण गर्नुपर्ने माग राख्दै सर्लाहीका विभिन्नपालिकाका कर्मचारी आन्दोलित भएका छन् । जिल्लाको कबिलासी नगरपालिकाका कर्मचारीहरुले सोमबारदेखि जारी धर्ना कार्यक्रमलाई मंगलबार पनिनिरन्तरतादिए । करार नविकरण नगर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै सर्लाहीका विभिन्न पालिकामा कार्यरत करारका कर्मचारी आन्दोलित भएका छन् । जिल्लाको कबिलासी नगरपालिकामा कार्यरत करार सेवाकाक र्मचारीहरु नगरपालिकाको मुल गेट अगाडी धर्नामा बसेका छन् ।
सोमबारदेखि सुरु गरेको धर्ना कार्यक्रमलाई निरन्तरता दिँदै दोस्रो मंगलबार पनि उनिहरु विरोध स्वरुप हात र टाउकोमा कालोपट्टी बाँधेर नगरपालिकाको मुल गेट अगाडी धर्नामा बसेका छन् ।
कबिलासी नगरकार्यपालिकाको गत असाढ १२ गते बसेको बैठकमा करार सेवामाकार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्यादथपतथा करार नविकरण नगर्ने निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरु प्रति अन्याय भएकोले सोको ध्यानाकर्षण गराउन जिल्लाप्रशासन कार्यालय,जिल्ला समन्वय समिति ,कर्मचारी मिलन केन्द्र, जिल्लाप्रहरी, पत्रकार महासंघ लगायतका निकायहरुमा ज्ञापनपत्र बुझाइ सकेको अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ इकाई कमिटी कबिलासी नगरपालिकाका अध्यक्ष गगनदेव राउतले बताए ।
यसअघि नगर प्रमुखलाई समेत म्यादथपगर्न पहल गरिदिन भनि प्रत्येक्ष भेटेर गुनासो गरिसकेको भएपनि आफुहरुले गरेको गुनासोको कुनै सुनवाइ नभए पछि बाध्यभएर चरणबद्ध आन्दोलनको कार्यक्रमहरु तय गरिएको अध्यक्ष राउतले बताए । गगनदेव राउत, अध्यक्ष, अखिल नेपाल अस्थायी कर्मचारी कमिटी, कबिलासी नगरपालिकाका नगरकार्यपालिकाले गरेको भेदभावपुर्ण निर्णयलाई सच्याएर माग सम्बोधन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने पिडित करार सेवाका कर्मचारीहरुले बताएका छन् ।
इमानदारी पुर्वक कामगर्दै आइरहेको अवस्था मापालिकाले एकाएक आफुहरुलाई हटाएर राजनीतिक र पैसाको चलखेल गरेर आफ्नो मान्छेलाई नियुक्तिदिने दाउपेच खेलिरहेको उनीहरुको आरोप छ । सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने ठाउँमा उल्टो रोजीरोटी खोस्ने काम गरेको उनीहरूले गुनासो गरेका छन् ।
अबपनि आफुहरुको मागअनुसार कार्यपालिकाको उक्त निर्णय नसच्चाइएको खण्डमा पत्रकार सम्मेलन गरि नगरपालिकाको परिसरमा संघ संगठन लगायतअन्यकर्मचारीहरुबाट प्रतिबद्धता जाहेर गराएर चरणबद्ध रुपमाथप कडाइका साथआन्दोलनको कार्यक्रमहरु गर्ने इकाई कमिटीका अध्यक्ष राउतले जानकारी गराए । यस्तै खालको निर्णय सर्लाहीकाआधादर्जन भन्दा बढी पालिकाहरुले पनि गरेकाले त्यहाँकार्यरत करार सेवाकाकर्मचारीहरुले पनिउक्त निर्णय प्रतिआपत्तीजनाउँदै आआफ्नो पालिकामा विरोध काकार्यक्रमहरु सुरु गरेका छन् ।


प्रतिक्रिया