Breaking

प्रचण्ड-बाबुरामबीच सिंहदरबारमा बैठक


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसद बाबुराम भट्टराईबीच सिंहदरबारमा बैठक भएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल भइरहेको छ । बाबुरामलाई केही दिनअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको छ ।

समाजवादी केन्द्र बनाउने विषयमा बाबुरामले प्रचण्डसँग कुरा गरेको स्रोतको भनाइ छ । आजै साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच यस विषयमा छलफल हुने बताइएको छ ।