राजनीति

कांग्रेसले देशव्यापी विशेष अभियान चलाउने


काठमाडौँ — नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ ।

सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो ।

चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।