Breaking

मूल्यवृद्धिले जनताको ढाड सेक्यो,विभागको अनुगमन प्रभावकारी हुन सकेन


काठमाडौँ — नेपालीबजारमाअहिले हरेक सामानको मूल्यआकाशिएको छ । पेट्रोलियमपदार्थ देखि दैनिकउपभोग्य सामाग्रीको मूल्यबृद्धिले जनताको डाढ सेकेको छ । तर नियामकनिकायबाणिज्य विभागभने अनुगमनमाचुक्दा सर्वसाधारण थपमर्कामा परेका छन् ? नेपालीजनताअहिले चर्काे मूल्यवृद्धिको सामनागर्न बाध्य छन् । बजारमा हरेक सामानको मूल्य छोइ नसक्नु छ । नुनदेखि सुनसम्मचौतर्फी मूल्यवृद्धि भएको सरकारदेखि सरोकार निकाय सबैले स्वीकारेकै छन् ।

यो वर्षमात्र ८.५ प्रतिशतले मूल्यवृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउछ । जुन ६ वर्षपछि कै उच्चहो ।आकाशियको मूल्यवृद्धि घट्ने आशमा सरकारले पेट्रोलियमपदार्थको मूल्यपनि घटाएको थियो । तर, मूल्यवृद्धिमा भने कुनै कमीआउन सकेको छैन । यसको नियमनगर्ने निकाय वाणिज्य, आपूर्ति तथाउपभोक्ता संरक्षण विभागभने आफूहरुले वार्षिक लक्ष्यभन्दा बढी अनुगमन गरेको दावीगर्दै आइरहेको छ ।

अहिले बजारमागएर अनुगमनगर्ने हो भने दैनिकउपभोग्य वस्तुको मूल्यप्रत्येक पसलमा फरक फरक पाइन्छ । नियमनकारी निकायविभागको कामभने औपचारिकतमा नै सीमितभएको आमनागरिकको बुझाई छ । विभागले दैनिकअनुगमन गरेको बताएपनित्यसको प्रभावबजारमाभने परेको जनताले महसुस गर्न पाएका छैनन् ।

यसरी बजारमाव्यापारीको मनमानी छ । विभागले कसूरको प्रकृतिअनुसार न्यूनतम ५ हजारदेखि तीनलाखसम्म र गम्भीर किसिमको कसूरलाई मुद्धा चलाउनेसम्मको कारवाहीगर्न सक्छ । यदिविभाग सक्रियहुने थियो भने कारवाहीको डरले पनिव्यापारीलेमनलाग्दीमूल्यअसुल्न डराउने थिएहोला। विभागकै बेवास्ताको कारण पनिमूल्य वृद्धि मौलाएको बुझ्न सकिन्छ ।