काठमाडौँ — न त कुनै तयारी न त कुनै छलफल सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रवार आकस्मिकदिल्ली प्रस्थान गरे । चिनिया कम्युनिष्ट पार्टी सीसीपीका विदेश विभाग प्रमुख लिउ जियानचाओ स्वदेश फर्के लगत्तै प्रचण्डको दिल्ली यात्राले घरेलु राजनीति तरंगित बनायो ।
प्रचण्डप्रतिदिल्लीले देखाएका दिलका कारणपनि यति बेला मुलुकको कुटनीतिक तथा राजनीतिक वृत्त आम चासो बनेको छ । कस्तो रह्यो त अध्यक्ष प्रचण्डको तीनदिने भारत भ्रमण ।
चार दिने नेपाल भ्रमणमा आएका चिनिया कम्युनिष्ट पार्टी सीसीपीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालका ठुला राजनीतिक दल र शीर्ष नेतृत्वको घर–घरै पुगे । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहित सबैको नाडी छामेर स्वदेश फर्किए । नेपालका कम्युनिष्टहरु मिलाउन चीन काठमाडौ धाएको चर्चा कायम रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड दिल्ली पुगे ।
प्रचण्डको दिल्ली यात्रा मुलत सत्तारुढ दल भाजपाको लिडरसिप समिटभएपनि केहि उच्चस्तरीय भेटवार्ता समेत भए । भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जय शंकरको भेट,भाजपाको कार्यलय भ्रमण समेत भयो । विमानस्थलमा दिल्लीको दिल देखेर प्रफुल्लित बनेका अध्यक्ष प्रचण्ड निधार खुम्चाउँदै स्वदेश फर्किँएका छन । कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यतालिका नै भए पनि मोदीको व्यस्तताका कारण प्रचण्डसँगको भेटवार्ता असफल बन्यो ।
मुलुकभित्रको सत्ता समिकरणमा दिल्लीको चासो वारे बहस चलिरहेका बेला प्रचण्डको दिल्ली यात्राका सवालमा कुटनीतिक तथा राजनीतिक क्षेत्र थप सशंकित छ । प्रचण्डको आकस्मिक दिल्ली यात्रा औपचारिक मात्र हो या सत्ता समिकरणको खेल विस्तारै खुल्दै जाने कतिपयको विश्लेषण छ । तत्कालका लागि यो भ्रमणले दलगत सम्बन्ध विस्तारमा सहयोग पुग्ने बुझाई जानकारहरुको छ ।
प्रचण्डको भ्रमणले पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश–देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि यो भ्रमण सहयोगी र फलदायी बनेको प्रचण्ड सचिवालयले जनाएको छ । यता कतिपयले भने दलगत कुटनीतिक सम्बन्ध विस्तार साथै गठबन्धनको भाग्य भविष्य निर्धारण गर्न पनि प्रचण्ड दिल्ली गएको तर्क गर्छन । भारतीय प्रभावले काम गरे मुलुकको सत्ता नै फेरवदल हुने विश्लेषण कतिपयको छ ।
मुलुकभित्रको राजनीतिक अस्थिरता र दलहरु राष्ट्रिय स्वार्थमा भन्दा पछिल्लो समय नेपाल बदलिँदो भु–राजनीतिक शतिm संघर्ष थलोको रुपमा विकसित भइरहेको छ । छिमेकी साथै विदेशी शतिmहरुको काठमाडौ चासो बढेको मात्र छैन आफ्नो प्रभाव बनाउने होडबाजीनै चलेको छ । यो प्रतिस्पर्धा र चासोलाई नेतृत्वले राष्ट्रिय हित अनुकुल बनाउन कत्तिको ल्याकत राख्छ आम चासो बढ्दो छ ।


प्रतिक्रिया